
Apr 07 2025 | २०८१, चैत २५ गते
काठमाडौं । काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–६, हस्पिटल चोकमा मोटरसाइकल पल्टँदा चालकको ज्यान गएको छ । मृत्यु हुनेमा सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–३ का ३० वर्षीय राजकुमार बानियाँ छन् ।
गए राति करिब १० बजे हस्पिटल चोकबाट धुलिखेलतर्फ जाँदै गरेको बा८०प ९०४८ नम्बरको मोटरसाइकल पल्टिएको थियो । उनको उपचारका क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij