
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौँ । झापामा ब्राउन सुगरसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका–७ का २३ वर्षीय वामदेव मिश्र रहेका छन् ।
गाउँपालिका–५ को सिमानामा रहेको प्रहरी चौकी शरणामतीबाट खटिएको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा चेकजाँच गर्दा साढे ३ ग्राम ब्राउन सुगरसहित मिश्रलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । मिश्रलाई जिल्ला प्रहरी कार्यालय झापाले नियन्त्रणमा राखेर थप अनुसन्धान गरिएको बताइएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij