Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

भालुको आक्रमणबाट एक जनाको मृत्यु

भालुको आक्रमणबाट एक जनाको मृत्यु

  • काठमाडौं । भालुको आक्रमणबाट अर्घाखाँचीमा एक जनाको ज्यान गएको छ। बुधबार बिहान जिल्लाको शितगंगा नगरपालिका वडा नम्बर २ ओखरी बस्ने ८० वर्षीय रामबहादुर क्षेत्रीलाई भालुले आक्रमण गरेको थियो।

    onlinepatrika
    Arghakhachi

    हिँड्दै स्थानीय रानी सामुदायिक वनमा पुग्दा क्षेत्रीमाथि भालुले आक्रमण गरी घाइते उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

    AGNI GROUP

    भालुले टोकेर क्षेत्रीलाई घाइते बनाएको थाहा पाएपछि इलाका प्रहरी कार्यालय ठाडाको प्रहरी टोलीले उद्धार गरी प्राथमिक स्वास्थ्य केन्द्र ठाडा पुर्‍याएकोमा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रवक्ता प्रहरी निरीक्षक कृष्ण प्रसाद घिमिरेले जानकारी दिए।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij