
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौँ । नेपाली कांग्रेसले आज पत्रकार सम्मेलन गर्दैछ । पछिल्लो समयमा भएका राजनीतिक घटनाक्रमबारे जानकारी गराउन कांग्रेसले पत्रकार सम्मेलन गर्न लागेको हो ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा आज दिउँसो पत्रकार सम्मेलन हुनेछ । सरकारबाट पार्टी बाहिरिएपछि नेताहरुबाट भिन्दाभिन्दै खालका प्रतिक्रिया आइरहेको अवस्थामा पार्टीले पत्रकार सम्मेलन गरी पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा धारणा सार्वजनिक गर्न लागेको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij