Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

श्रोत नखुलेका भारुसहित दुई भारतीय नागरिक पक्राउ

श्रोत नखुलेका भारुसहित दुई भारतीय नागरिक पक्राउ

  • काठमाडौँ । झन्डै साढे चार लाख भारतीय रुपैयाँ सहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन्। रौतहटको सदरमुकाम गौर स्थित भन्सार सुरक्षा गार्ड र सशस्त्र प्रहरीको संयुक्त टोलीले चेकिङ गर्ने क्रममा उनीहरुलाई गरेको हो।

    onlinepatrika
    Arghakhachi

    भारतबाट नेपाल तर्फ आउँदै गरेको बिआर ०५ एएन १५९० नम्बरको मोटरसाइकलमा सवार दुई जना भारतीय नागरिकको साथ बाट चार लाख ४९ हजार ५०० रुपैयाँ बरामद भएको हो।  

    AGNI GROUP

    पक्राउ पर्नेमा भारत विहार मोतिहारी जिल्ला गोपालपुर बल्हाचोकका वर्ष ३५ को आजाद कुमार मालाकार र पछाडि सवार वर्ष ३२ को सञ्जीव कुमार तिवारी रहेका छन्।

    श्रोत नखुलेको सो रकमसहित मोटरसाइकल नियन्त्रणमा लिई थप अनुसन्धानको लागि पथलैया राजस्व अनुसन्धान कार्यालय पठाइएको जिल्ला प्रहरी प्रमुख एसपी वीर बहादुर बुढामगरले बताएका छन्।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट