
Apr 21 2025 | २०८२, वैशाख ८ गते
काठमाडौँ । झन्डै साढे चार लाख भारतीय रुपैयाँ सहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन्। रौतहटको सदरमुकाम गौर स्थित भन्सार सुरक्षा गार्ड र सशस्त्र प्रहरीको संयुक्त टोलीले चेकिङ गर्ने क्रममा उनीहरुलाई गरेको हो।
भारतबाट नेपाल तर्फ आउँदै गरेको बिआर ०५ एएन १५९० नम्बरको मोटरसाइकलमा सवार दुई जना भारतीय नागरिकको साथ बाट चार लाख ४९ हजार ५०० रुपैयाँ बरामद भएको हो।
पक्राउ पर्नेमा भारत विहार मोतिहारी जिल्ला गोपालपुर बल्हाचोकका वर्ष ३५ को आजाद कुमार मालाकार र पछाडि सवार वर्ष ३२ को सञ्जीव कुमार तिवारी रहेका छन्।
श्रोत नखुलेको सो रकमसहित मोटरसाइकल नियन्त्रणमा लिई थप अनुसन्धानको लागि पथलैया राजस्व अनुसन्धान कार्यालय पठाइएको जिल्ला प्रहरी प्रमुख एसपी वीर बहादुर बुढामगरले बताएका छन्।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij