Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

दुई हेलिकोप्टर एक-आपसमा ठोक्किँदा चार जनाको मृत्यु

दुई हेलिकोप्टर एक-आपसमा ठोक्किँदा चार जनाको मृत्यु

  • अस्ट्रेलियाको गोल्ड कोस्टको सिवल्र्ड नजिकको आकाशमा दुईवटा हेलिकोप्टर आपसमा ठोक्किँदा चार जनाले ज्यान गुमाएका छन् । क्विन्सल्यान्ड प्रहरीले प्रारम्भिक अनुसन्धानबाट एउटा हेलिकोप्टर उड्न लागेको र अर्को अवतरण गर्न लागेको अवस्थामा दुर्घटना भएको बताएको बीबीसीले लेखेको छ ।

    images
    images
    images

    ज्यान गुमाउनेमा उड्न लागेको हेलिकोप्टरमा सवार व्यक्तिहरू रहेका छन् । सोही हेलिकोप्टरका अन्य तीनजना यात्रुको अवस्था चिन्ताजनक रहेको बताइएको छ । दुर्घटनापछि आपत्कालीन अवतरण गरिएको अर्को हेलिकोप्टरमा सवार ६ मध्ये पाँचजना यात्रुलाई सामान्य चोटपटक लागेको बताइएको छ ।

    स्थानीय समयअनुसार सोमबार अपराह्न करिब दुई बजे भएको यस हवाई दुर्घटनाबारे अष्ट्रेलियाली पारवहन सुरक्षा ब्युरोले अनुसन्धान गरिरहेको छ । ठोक्किएपछि दुईवटै हेलिकोप्टर ब्रिस्बेनदेखि करिब ७५ किलोमिटर दक्षिणमा पर्ने मेन बिच नामक एक पर्यटकीय क्षेत्र नजिक खसेका थिए । स्थानीय ट्राफिक प्रहरीले घटनालगत्तै सो क्षेत्रमा सवारीसाधन र बटुवाहरूको प्रवेश रोकेको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij