Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

खुलामञ्चमा पार्किङस्थल बनाउने योजनामा ‘अकुपाई टुँडिखेल’को विरोध

खुलामञ्चमा पार्किङस्थल बनाउने योजनामा ‘अकुपाई टुँडिखेल’को विरोध

  • काठमाडौँ । काठमाडौं महानगरपालिकाले खुलामञ्चमा पार्किङस्थल बनाउन थालेको भन्दै टुँडिखेल संरक्षण अभियान ‘अकुपाई टुँडिखेल’ले विरोध जनाएको छ । सम्पदा संरक्षण अभियन्ताले ३ वर्ष अगाडि सुरु गरेको अकुपाई टुँडिखेल अभियानले सोमबार काठमाडौं महानगरपालिकाको केन्द्रीय कार्यालय बागदरबार अगाडि प्रदर्शन गरेको छ ।

    images
    images
    images

    अभियान्ताहरुले खुलामञ्चको ऐतिहासिक तथा पूरातात्विक महत्व मासिने गरी पार्किङ बनाउन नहुने माग गरेका छन् ।  महानगरले पार्किङ भवन बनाउने योजनासहित डीपीआरको काम अगाडि बढाउँदा प्राकृतिक, ऐतिहासिक, सांस्कृतिक, सामाजिक महत्त्व बोकेको खुलामञ्च मासिने जोखिम बढेको अकुपाइँ टुँडिखेल अभियानले उल्लेख गरेको छ ।

    पार्किङ बनाइँदा अन्य नकारात्मक वातावरणीय प्रभाव पनि पर्ने जनाएको छ । अभियानले खुलामञ्चमा अन्डरग्राउन्ड पार्किङको सोच नै गलत रहेको पनि दाबी गरेको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij