Logo

Apr 17 2025 | २०८२, वैशाख ४ गते

Apr 17 2025 | २०८२, वैशाख ४ गते

रोजगारीका लागि विदेश पठाइदिन्छु भन्दै रकम ठगी गर्ने एकजना पक्राउ

रोजगारीका लागि विदेश पठाइदिन्छु भन्दै रकम ठगी गर्ने एकजना पक्राउ

  • काठमाडौं । अमेरिकालगायतको देशमा पठाइदिन्छु भन्दै १ करोड ६२ लाख ६ हजार रूपैयाँ ठगी गर्ने एकजना पक्राउ परेका छन् । 

    images
    images
    images

    प्रहरीले ललितपुर महानगरपालिका-१ कुपण्डोल घर भई हाल काठमाडौं बुढानीलकण्ठ नगरपालिका-८ ओमनगर बस्ने ४४ वर्षीय राजेश थापालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौंको लैनचौरबाट बुधबार पक्राउ गरेको हो ।

    थापाले मासिक ३ लाख तलवका साथै ग्रिनकार्ड, पीआर र हङकङ आईडीसमेत बनाईदिने र वैदेशिक रोजगारिको लागि अष्ट्रेलिया, अमेरिका, क्यानडा तथा हङकङ लगायतका देशहरूमा पठाइदिने भन्दै पीडितहरुबाट उक्त रकम ठगी गरेको प्रहरीको आरोप रहेको छ ।  थप अनुसन्धान तथा कारवाहीको लागि उनलाई जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij