
Aug 18 2025 | २०८२, भदौ २ गते
काठमाडौं । प्रदेश– १ का पाँच सदस्यहरुले आफ्नो मात्रृभाषामा पद तथा गोपनीयताको शपथ लिएका छन् ।
शपथग्रहण कार्यक्रममा प्रदेशसभा सचिवालयले प्रदेश अर्थमन्त्रीसमेत रहेका इन्द्रबहादुर आङ्वोसहित पाँच सदस्यहरुले मात्रृभाषा (लिम्बू भाषा)मा शपथ लिएको जनाएको छ ।
लिम्बू भाषामा शपथ लिने अन्य सांसदहरुमा इलाम १ (१) बाट निर्वाचित खिनु लङ्वा लिम्बू, नेकपा (एकीकृत समाजवादी)का पाँचथर १ (१) बाट निर्वाचित कमलप्रसाद जबेगु, कांग्रेसका ताप्लेजुङ १ (२) बाट निर्वाचित खगेनसिंह हाङ्गाम र जनता समाजवादी पार्टीकी निर्मला लिम्बू रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij