
Apr 07 2025 | २०८१, चैत २५ गते
काठमाडौं । कैलालीबाट नक्कली नोटसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चुरे गाउँपालिका–६ बस्ने ५५ वर्षीय लाल बहादुर साउद हुन् ।
धनगढी उपमहानगरपालिका–२ ट्राफिक चौराहबाट अस्थायी प्रहरी पोष्ट विशालनगरबाट खटिएको प्रहरीले उनलाई नेपाली १ हजार दरको नक्कली नोट ४ थानसहित हिजो नियन्त्रणमा लिइएको हो । साउदलाई नियन्त्रणमा लिएर प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij