
Apr 23 2025 | २०८२, वैशाख १० गते
ललितपुर । गृह मन्त्रालयले प्राविधिक प्रहरी नायव उपरीक्षक (डीएसपी) डा. सुरेन्द्र प्रसाद साहको नाममा ७ दिने सूचना जारी गरेको छ । बाराको प्रसौनी गाउँपालिका वडा नम्बर ५ ठेगाना भएका उनी प्रदेश प्रहरी अस्पताल सप्तरीमा कार्यरत थिए । तर उनी असोज ७ गतेदेखि कार्यालयमा गैरहाजिर रहेको सूचनामा उल्लेख छ ।
उनलाई खोजतलास गर्न घरसम्म जाँदासमेत फेला नपरेको भन्दै मन्त्रालयले हिजो शुक्रबार सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र आफ्नो सफाइसहित उपस्थिति हुन आउन निर्देशन दिएको छ ।
अन्यथा प्रहरी नियमावलीअनुसार भविष्यमा सरकारी सेवाका लागि अयोग्य ठहरिने गरी सेवाबाट हटाउनेतर्फको कारबाही हुने मन्त्रालयको सूचनामा उल्लेख गरिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij