
Aug 18 2025 | २०८२, भदौ २ गते
काठमाडौँ । गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा निर्वाचित भएका सांसद्ले आज बिहीबार पद तथा गाेपनीयताकाे शपथ लिएका छन् ।
आज संघीय संसद् भवन नयाँ वानेश्वरमा निर्वाचित सांसद्हरूले जेष्ठ सांसद् राप्रपाका पशुपतिशमशेर जवराद्धारा शपथ लिएका हुन् । समाराेहमा एकीकृत समाजवादीका प्रेम आले, नेपाली कांग्रेसकी माया राई, नेसपाका सांसद् महिन्द्रराय यादव र नेकपा माओवादी केन्द्रका सांसद् रामकुमार राई भने अनुपस्थित थिए ।
त्यस्तैगरी आज भ्रष्टाचार मुद्दा लागेका मनाङबाट प्रतिनिधिसभामा निर्वाचित नेपाली कांग्रेसका टेकबहादुर गुरुङ र हत्या अभियोग लागेका लक्ष्मी महतो कोइरीले पनि शपथ लिएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij