
Aug 18 2025 | २०८२, भदौ २ गते
काठमाडौँ । आज बुधबार प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले पद तथा गोपनीयताको शपथ लिँदैछन् । अन्य सदस्यलाई शपथ गराउनु अघि जबराले आज राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिन लागेका हुन् ।
सङ्घीय संसद्का प्रवक्ता डा. रोजनाथ पाण्डेले आज दिउँसो १:३० बजे जबरालाई शपथ गराउने कार्यक्रम रहेको जानकारी दिएका छन् । प्रतिनिधिसभाको अध्यक्षता गर्ने ज्येष्ठ सदस्यले सभामुखको चयन हुनुभन्दा अघि अरू सदस्यलाई शपथ खुवाउनुपर्छ । निर्वाचनबाट २७५ सांसद निर्वाचित भएका छन्।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij