Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

६० वटा ड्राइभिङ लाइसेन्स निलम्बन गर्न सिफारिस

६० वटा ड्राइभिङ लाइसेन्स निलम्बन गर्न सिफारिस

  • काठमाडौँ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले मंसिरभित्र ६० वटा सवारी चालक अनुमति पत्रलाई निलम्बनको लागि यातायात व्यवस्था विभाग पठाएको छ ।

    onlinepatrika
    Arghakhachi

    सवारी तथा यातायात व्यवस्था ऐन २०४९ र नियमावली २०५४ बमोजिम ती चालकले पालना गर्नुपर्ने सर्त तथा नियमहरू पाँच पटकभन्दा बढी उल्लंघन गरेको पाइएकोले निलम्बनका लागि यातायात विभाग पठाएको हो।

    AGNI GROUP

    निलम्बनका लागि पठाइएका सबैभन्दा धेरै कारबाहीमा ४४ पटक १ जना , ३५ पटक कारबाही १ जना, २४ पटक परेका ३ जना , १४ पटक परेका १ जना , १२ पटक परेका ७ जना ,७ पटक परेका २ जना र ६ पटक कारबाहीमा परेका ४५ जना गरी जम्मा ६० जनाका सवारी चालक अनुमति पत्र निलम्बनका लागि यातायात व्यवस्था विभाग पठाएको हो ।

    उनीहरुले सवारी तथा यातायात व्यवस्था ऐनको दफा १६४ को उपदफा १ बमोजिम कसुर गरेको पाइएको ट्राफिक प्रहरीले जनाएको छ।  

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij