Logo

Apr 29 2025 | २०८२, वैशाख १६ गते

Apr 29 2025 | २०८२, वैशाख १६ गते

६२ जना प्रहरीलाई दिइयो ट्राफिक नियन्त्रण तालिम

६२ जना प्रहरीलाई दिइयो ट्राफिक नियन्त्रण तालिम

  • काठमाडौँ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले ६२ जना प्रहरी कर्मचारीहरुलाई ट्राफिक नियन्त्रण तालिम प्रदान गरेको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको सहयोगमा संचालित ट्राफिक नियन्त्रण तालिम १४५औं समूह अन्तर्गत उनीहरुलाई उक्त तालिम प्रदान गरिएको हो ।

    images
    images
    images

    बिहीबार आयोजित कार्यक्रममा कार्यालय प्रमुख प्रहरी नायब महानिरीक्षक मिरा चौधरीले तालिम समापन गर्दै प्रशिक्षार्थीलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरे । उक्त अवसरमा संगठनले प्रदान गरेको अवसरको सदुपयोग गरी तालिमपछि आफ्नो आचरण र व्यवहारमा सुधार गर्दै संगठनको छवि तथा गरिमा उच्च हुने गरी काम गर्न प्रहरी नायब महानिरीक्षक चौधरीले प्रशिक्षार्थीहरुलाई निर्देशन दिए ।

    गत भदौ ३० गतेदेखि सञ्‍चालित उक्त तालिममा प्रहरी हवल्दार ३ जना, प्रहरी सहायक हवल्दार १८ जना र प्रहरी जवान ४१ जना गरी जम्मा ६२ जना प्रशिक्षार्थीले तालिम लिएको तालिम संयोजक प्रहरी नायव उपरीक्षक दल राम टमटाले जानकारी दिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij