Jun 04 2026 | २०८३, जेठ २१ गते
भारतको बिहार राज्यको छपरामा विषादी रक्सी सेवन गर्दा २३ जनाको मृत्यु भएको छ। छपराको सदर अस्पतालका इन्चार्जका अनुसार हालसम्म अस्पतालमा २१ जनाको मृत्यु भएको छ। उनका अनुसार दुईजनाको पटनाको पीएमसीएचमा मृत्यु भएको हो।
प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको बताएको छ। मंगलबार राती केही मानिसहरुले विषादी रक्सी सेवन गरेपछि बिरामी परेका थिए। त्यसपछि उनीहरुलाई छपराको सदर अस्पतालमा भर्ना गरिएको थियो।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij