
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौँ । झारफुकको बहानामा जवरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक जना युवकलाई कपिलवस्तुमा पक्राउ गरेको छ । पक्राउ पर्नेमा कपिलवस्तुको वाणगंगा नगरपालिका १० मेचकुरीका २७ वर्षीय पप्पु हरिजन रहेका छन् ।
हरिजनले २७ वर्षीय एक युवतीलाई झारफुक गर्ने निहुँमा जवरजस्ती करणी गरी फरार भएका थिए । बिरामी युवतीलाई झारफुके गरे ठिक हुन्छ भन्दै जबरजस्तीकरणी गरेको पिडित युवतीले उल्लेख गरेकी छन् ।
पीडित युवतीको जाहेरीपछि हरिजनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ । पक्राउ परेका हरिजन लामाधामी गर्दै आएका व्यक्ति रहेको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक दिपकबाबु केसीले जनाएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij