Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

माइक्रोबससँग ठोकिँदा मोटरसाइकल चालकको मृत्यु

माइक्रोबससँग ठोकिँदा मोटरसाइकल चालकको मृत्यु

  • काठमाडौं । काठमाडौं महानगरपालिका–१४ कुलेश्वरमा हाइस माइक्रोबससँग ठोकिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ भने पछाडि सवार घाइते भएका छन् ।

    images
    images
    images

    मृत्यु हुनेमा काठमाडौंकै नागार्जुन नगरपालिका–४ का २२ वर्षीय रविन लामा र त्यसमा पछाडि सवार २१ वर्षीय सुशील बम्जन घाइते भएका छन् । दुवैलाई उपचारका लागि बल्खुस्थित बयोधा अस्पतालमा लगिएको थियो । उपचारका क्रममा लामाको मृत्यु भएको जनाइएको छ ।

    बा२ख ३२२३ नम्बरको हाइस र बा९१प ७४८० नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका थिए । हाइस र चालकलाई प्रहरी वृत्त कालीमाटीले नियन्त्रणमा लिएको छ ।  

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij