
Apr 07 2025 | २०८१, चैत २५ गते
काठमाडौँ । काठमाडौंमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तार्केश्वर नगरपालिका-३ तीनपिप्लेका २३ वर्षीय सविन फुयाल रहेको प्रहरीले जनाएको छ ।
बागमती प्रदेश ०२-०२५ प ६१८९ नम्बरको मोटरसाइकल आइतबार तार्केश्वर नगरपालिका-३ तीनपिप्लेमा दुर्घटना भएको हो। गम्भीर घाइते उनको ग्रीनसिटी अस्पताल सामाखुसीमा उपचारको क्रममा मृत्यु भएको जनाइएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij