
Apr 29 2025 | २०८२, वैशाख १६ गते
काठमाडौँ । काठमाडौं उपत्यकामा विद्यार्थी सुरक्षा लक्षित विशेष चेकिङका क्रममा २०७ जना सवारी चालक ट्राफिक कारबाहीमा परेका छन् ।
जसमा सवारी चालक अनुमतिपत्र नभई सवारी चलाएका तीन जना, कागजपत्र साथमा नलिई सवारी चलाउने १२ जना र अन्य कसुरमा ३ जना विद्यार्थी चालकलाई कारबाही गरिएको छ । सोही चेकिङकै क्रममा ट्राफिक प्रहरीले ट्राफिक नियम उल्लंघन गर्ने अन्य १८९ जना सवारी साधनका चालकलाई पनि कारबाही गरेको छ । ट्राफिक प्रहरीले दुर्घटना न्यूनीकरण तथा सवारी आवागमन सहज बनाउन विशेष चेकजाँच गर्दै आएको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एंवम् प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले सहज र सुरक्षित यात्राका लागि ट्राफिक नियम पालना गर्न चालकलाई आग्रहसमेत गरेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij