
Apr 29 2025 | २०८२, वैशाख १६ गते
काठमाडौँ । काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले २८६ वटा सवारी साधनलाई कारबाही गरेको छ।
चेकिङका क्रममा बम्पर गार्ड नहटाएका १२ वटा, धुँवा बढी फाल्ने ३ वटा, नम्बर स्पष्ट नभएका ९ वटा, नम्वर प्लेट आकाश तिर फर्केका २ वटा, मदिरा पिएर सवारी साधन चलाउने १ जना र अन्य कसुरमा २६० वटा गरी २८६ वटा सवारी साधनका चालकलाई कारबाही गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका सह-प्रवक्ता अवदेश विष्ट क्षेत्रीले जनाएको छ ।
त्यसैगरी सडकमा पानी चुहाउँदै गाडी चलाउने १० वटा पानी ट्याङकर र लाइसेन्स नभएको एउटा पानी ट्याङकरका चालकलाई पनि ट्राफिक प्रहरीले आज कारबाही गरेको छ ।
सवारी साधनमा राखिएको कपडाको झलर, डोरी, रिबन, विभिन्न स्टिकरहरू लगायतका सामाग्री नहटाउनेलाई पनि ट्राफिक प्रहरीले कारबाही गरेको छ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij