
Apr 16 2025 | २०८२, वैशाख ३ गते
काठमाडौँ । भक्तपुर नगरपालिका-८,पुरानो जगातीस्थित गणेश मन्दिरबाट ५ वटा घण्टी चोरी भएको छ। सोमबार राति मूर्ति अगाडि राखिएका घण्टीहरू चोरी भएका हुन्। अर्को घण्टी पनि चोर्ने असफल प्रयास गरिएको देखिएको स्थानीयले बताएका छन् ।
सो घण्टी निकाल्न नसकेर छोडिएको छ। मन्दिरको मूर्ति अगाडि रहेको ठूलो तीनवटा र सानो दुईवटा घण्टी चोरी भएको स्थानीय लक्ष्मीप्रसाद झांगका अनुसार रहेको छ । मन्दिरमा तीनवटा मूर्ति रहेका बताइएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij