
Apr 08 2025 | २०८१, चैत २६ गते
काठमाडौं । काठमाडौंको हल्चोकमा भएको सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ। हिजो बा५ख ६९५ नम्बरको बस र बा७८प २६८७ नम्बरको मोटरसाइकल आपसमा ठोकिएका थिए।
सो दुर्घटनामा परि मृत्यु हुनेमा मोटरसाइकल चालक धादिङ घर भई हाल काठमाडौं महानगरपालिका- १४ बस्ने ३४ वर्षीय प्रतिक बाँस्कोटा रहेका छन्। उनको उपचारको क्रममा मनमोहन अस्पताल स्वयम्भूमा मृत्यु भएको छ । बस चालकलाई नियन्त्रणमा लिइएको प्रहरी वृत्त स्वयम्भूले जनाएको छ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij