Logo

Apr 29 2025 | २०८२, वैशाख १६ गते

Apr 29 2025 | २०८२, वैशाख १६ गते

अर्काको नाममा लाइसेन्सको परीक्षा दिने एकजना पक्राउ

अर्काको नाममा लाइसेन्सको परीक्षा दिने एकजना पक्राउ

  • काठमाडौँ । अर्काको नाममा सवारी चालक अनुमतिपत्र दिने युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाको जनकपुर उपमहानगरपालिका–१५ घर भएका २६ वर्षीय अरुण मण्डल रहेका छन् ।

    images
    images
    images

    अरुणलाई काठमाडौंको दक्षिणढोकास्थित परीक्षा केन्द्रबाट पक्राउ गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी राजेन्द्र भट्टले जानकारी दिएका छन् । 

    बर्दियाका सुर्यपुरा–७ घर भएर ललितपुर बस्ने विक्रम सारुको नाममा लिखित परीक्षा दिन उनी परीक्षा केन्द्रमा गएका हुन् । थप अनुसन्धान र कारबाहीका लागि उनलाई प्रहरी वृत्त बौद्धमा बुझाएको एसएसपी भट्टले जनाएका छन् ।  

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij