Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

थापाथलीस्थित सुकुम्वासी बस्ती हटाउन खोज्दा स्थिति तनावग्रस्त

थापाथलीस्थित सुकुम्वासी बस्ती हटाउन खोज्दा स्थिति तनावग्रस्त

  • काठमाडौँ । काठमाडौं महानगरपालिकाले थापाथलीस्थित सुकुम्वासी बस्ती हटाउन खोजेपछि स्थिति तनावग्रस्त भएको छ । बस्ती हटाउने भएपछि त्यहाँ बसोबास गर्दै आएका मानिसहरू विरोधमा उत्रिएका छन् ।

    images
    images
    images

    झडप हुने सम्भावना देखिएपछि नेपाल प्रहरी परिचालन गरिएको थियो । बस्तीमा बस्दै आएकाहरुले ढुङ्गामुढासमेत गरेका छन् । वाग्मती सभ्यता एकीकृत विकास समितिले सुकुम्वासी बस्ती हटाउने निर्णय गरेको विरोध गर्दै आएका थिए । सरकारसँग उनीहरूले बस्दै आएको क्षेत्रमै लालपुर्जा दिन आग्रह पनि गरेका थिए ।

    सरकारले जबरजस्ती गरे प्रतिकारमा उत्रने उनीहरूको चेतावनी थियो । समितिले मंसिर ४ सम्म नदी किनारका बस्ती हटाउन नत्र महानगर र सरोकारवालासँगको समन्वयमा हटाउने भन्दै सूचना निकालेको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij