Logo

Apr 17 2025 | २०८२, वैशाख ४ गते

Apr 17 2025 | २०८२, वैशाख ४ गते

उपत्यकावासीले पत्याएनन् माओवादीलाई

उपत्यकावासीले पत्याएनन् माओवादीलाई

  • काठमाडौं । नेकपा माओवादी केन्द्रलाई सहरी जनताले १५ वर्षपछि एक सिट पनि पत्याएनन् । माओवादी द्वन्द्वले आक्रान्त उपत्यकावासीले २०६४ सालको संविधानसभा निर्वाचनमा काठमाडौंका १० मध्ये चार र ललितपुरका ३ वटै क्षेत्रबाट माओवादीलाई स्वागत गरेका थिए । यसपटक कुनै पनि क्षेत्रबाट माओवादी उम्मेदवार प्रतिनिधिसभाका लागि अनुमोदनमा परेनन् ।

    images
    images
    images

    २०६४ सालको निर्वाचनपछि माओवादीको मत बढ्नुको सट्टा निरन्तर घटिरहेको छ । स्थानीय तहको निर्वाचन होस् वा संघीय संसद्को निर्वाचन, माओवादी केन्द्रले एमाले वा कविसको सहायताबिना एक्लै चुनाव लड्ने आँट गरेको देखिँदैन । पहिलो संविधानसभा निर्वाचनबाट माओवादी अध्यक्ष पुष्पकमल दाहालले काठमाडौं १० र रोल्पा १ बाट निर्वाचित भएर प्रधानमन्त्री बन्ने अवसर पाए ।

     माओवादीले पहिलो संविधानसभा निर्वाचनमा ३१ लाख ४५ हजार ५१९ (३०.५२ प्रतिशत) मत प्राप्त गरेको थियो । माओवादीले प्रत्यक्षतर्फ १२० सिट आफ्नो पोल्टामा पारेको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij