
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौँ । दाङमा स्कुल बसको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा घोराही उपमहानगरपालिका –९ नयाँबस्ती निवासी शोभाराम विकको १३ महिनाकी छोरी पुष्पा बिक रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता राजन गौतमले जनाएका छन् ।
बाल प्रतिभा इंग्लिस बोर्डिङ स्कुलको अनटेष्ट बसको ठक्करबाट बालिकाको मृत्यु भएको प्रवक्ता गौतमले जानकारी दिनुभयो । बालिकालाई ठक्कर दिई फरार भएका बस चालकको खोजी कार्य जारी रहेको प्रहरीले बताएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij