
Jun 08 2025 | २०८२, जेठ २५ गते
काठमाडौं । ललितपुर क्षेत्र नम्बर ३ मा डा. तोसिमा कार्कीले अग्रता कायम राखेकी छन् । पछिल्लो विवरणअनुसार १५ हजार ४ सय मत गणना हुँदा डा. कार्कीले ६ हजार २६९ मत प्राप्त गरी अग्रता कायम गरेकी छन् ।
एमालेका उम्मेदवार अमृत खड्काले चार हजार ७१० मत पाएका छन् भने नेकपा माओवादी केन्द्रकी उम्मेदवार पम्फा भुसालले दुई हजार ६९४ मत पाउनुभएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij