
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौं । आसन्न मंसिर ४ को चुनावलाई लक्षित गरी नेपाली कांग्रेसका महामन्त्री गगन थापाको चुनावी गीत सार्वजनिक भएको छ । बुधाबार ‘हाइहाइ गगन दाइ’ बोलको गीत सार्वजनिक भएको हो ।
उमेश राउतको शब्द र सङ्गीतमा तयार भएको गीतमा गगनलाई युवा र भविष्यको भरोसा र आशाको किरणको रूपमा चित्रण गरिएकोछ । गीतको पहिलो भाग अर्थात् स्थायीमा गगनको राजनीतिक उदय र उनले गरेका संघर्षको चर्चा गरिएको छ ।
त्यसैगरी, पहिलो अन्तरामा गगनले अहिलेसम्म गरेका महत्त्वपूर्ण कामहरू बाथरोग, मुटुरोग, मिर्गौला, कलेजोलगायतका रोगका लागिगरेका काम, स्वास्थ्य बीमाको बारेमा चर्चा गरिएको छ भने दोस्रो अन्तरामा उनको नेतृत्वमा प्रजातन्त्र राष्ट्रियता समाजवादको नारा र समुन्नत नेपालको सपना पूरा हुने भन्दै उनको प्रोजेक्ट गभर्मेन्टको यात्रामा सँगै हिँड्न आग्रह गरिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij