
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौं । यूएईले घरेलु टोली नेपाललाई १९२ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको यूएईले ४३ ओभर २ बलमा सम्पूर्ण विकेट गुमाउँदै १९१ रन बनायो । यूएईका लागि मोहमद वसिमले ५० रनको अर्धशतकीय पारी खेले । ४६ बल खेलेका उनले ३ चौका र ४ छक्का प्रहार गरे ।
त्यस्तै, अलिसान सरुफले ३५ रन बनाउँदा अरविन्दले २५ तथा बसिल हामेदले २४ रन बनाए । नेपालका लागि बलिङतर्फ सोमपाल कामी र ललित राजवंशीले तीन–तीन विकेट लिए । त्यस्तै करन केसी, गलशन झा, दिपेन्द्र सिंह ऐरी र कुशल भुर्तेलले एक–एक विकेट लिए ।
आजको खेलमा जित निकाल्दै नेपाल सिरिज जोगाउने योजनामा छ । यसअघिको पहिलो खेलमा नेपाल यूएईसँग ८४ रनले पराजित भएको थियो । यता यूएई आजको खेलमा जित निकाल्दै एक खेलअघि सिरिज जित्ने योजनामा छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij