Logo

Apr 07 2025 | २०८१, चैत २५ गते

Apr 07 2025 | २०८१, चैत २५ गते

चितवन राष्ट्रिय निकुञ्जमा ४९ वन्यजन्तुको मृत्यु

चितवन राष्ट्रिय निकुञ्जमा ४९ वन्यजन्तुको मृत्यु

  • काठमाडौँ ।  चितवन राष्ट्रिय निकुञ्जमा चार महिनामा ४९ वन्यजन्तुको मृत्यु भएको छ । सबैभन्दा बढी मृत्यु हुनेमा २८ चित्तल रहेका छन् । चालु आर्थिक वर्ष २०७९/८० को साउनदेखि यता चितवन राष्ट्रिय निकुञ्जमा दुई दुर्लभ एकसिङ्गे गैँडा मेरको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार रहेको छ । 

    images
    images
    images

    एउटा गैँडाको प्राकृतिक (उमेर पुगेर, बिरामी भएर, बाघको आक्रमणबाट आदि) कारणबाट र एउटा विद्युतीय करेन्ट लागेर मृत्यु भएको जनाइएको छ । त्यसैगरी निकुञ्जको तथ्याङ्कमा उल्लेख भएअनुसार एउटा सरकारी घरपालुवा र एउटा निजी हात्तीको प्राकृतिक कारणले मृत्यु भएको छ ।

    तिवारीका अनुसार प्राकृतिक कारणले मृत्यु हुने जनावरमा तीन अर्ना, एक चितुवा, तीन गौँरीगाई, दुई कछुवा, एक लगुना र तीन घडियाल गोही रहेको छ । त्यसैगरी एउटा प्राकृतिक कारण र एउटा कुकुरको आक्रमणबाट गरी दुई जरायोको पनि मृत्यु भएको छ । साथै एउटा बँदेलको पनि मृत्यु भएको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij