
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौँ । भक्तपुर सल्लाघारीमा पानी ट्याङ्करमा मोटसाइकल ठोक्किँदा चालकको मृत्यु भएको छ भने एक गम्भीर घाइते भएका छन् ।
बागमती प्रदेश०२–०३१प ७८६२ नं को मोटरसाइकल बा४ख ४२६८ नं को पानीट्याङ्करमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको हो । मृत्यु हुनेमा मध्यपुरथिमि नगरपालिका–१ लोकन्थली बस्ने २६ वर्षीय साजन दुवारी रहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जनाएका छन् ।
झापा घर भई हाल मध्यपुरथिमि –३ बस्ने २३ बर्षीय घाइते अनिल साहको इवामुरा मेमोरियल अस्पतालमा उपचार भइरहेको बताइएको छ । दुर्घटना भएका दुवै सवारीसाधन र ट्याङ्कर चालक भक्तपुर नगरपालिका–२ ब्यासी बस्ने २८ वर्षीय प्रवीण सुवाललाई पक्राउ गरी अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij