
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौं । घरेलु नेपाली राष्ट्रिय क्रिकेट टोलीले यूएईसँग तीन खेलको एकदिवसीय सिरिज अन्तर्गत पहिलो खेल आज खेल्दैछ । युएईले नेपालसँग पहिलो पटक नेपालमा एकदिवसीय सिरिज खेल्न लागेको हो ।
त्रिवि क्रिकेट मैदानमा हुने नेपाल र यूएईबीचको खेल बिहान ९ बजे सुरु हुनेछ । आजको खेलमा सहज जित निकाल्दै नेपाल सिरिजमा सुखद सुरुवात गर्ने योजनामा छ ।
नेपाल र यूएईबीच एकदिवसीय अन्तर्राष्ट्रियमा अहिलेसम्म नेपालमाथि यूएई हाबी देखिएको छ । यूएईले नेपालसँग ६ पटक प्रतिस्पर्धा गरेको छ । जसमा यूएईले ४ खेलमा जित निकाल्दा नेपालले भने दुई खेलमा मात्र जित निकालेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij