Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

पैदलयात्रुको सहजको लागि महानगरको कदम

पैदलयात्रुको सहजको लागि महानगरको कदम

  • काठमाडौं । न्यूरोड क्षेत्रमा तिहारका लागि सजाइएको माला र गेट काठमाडौं महानगरपालिकाले निकालेको छ । महानगर प्रहरीले न्यूरोड क्षेत्रको सुन पसल, मिठाइ पसलमा सजावटको लागि बनाएको गेटसहित सजावट सामग्री हटाएको हो ।

    images
    images
    images

    फुटपाथमा पैदलयात्रुलाई हिंड्न असहज हुनेगरी बनाइएको संरचना हटाएको महानगर प्रहरी प्रमुखले बताएका छन् । सो क्षेत्रमा व्यवसायीहरुले बाहिर फलामको पुत्लासमेत बनाएर र पैदल हिँड्नेलाई असहज हुनेगरी गेट बनाई सजावट सामाग्री राखेको हुनाले हटाइएको प्रहरी प्रमुखले जनाएका छन् ।

    चाडपर्वको बेला भीडभाड हुने अवस्थामा पसलभन्दा बाहिर संरचना बनाएपछि अरुलाई असर पर्ने भएकोले हटाएको उनले बताएका छन् । व्यापारीले भने महानगरले चाडपर्वमा आफ्नो पसल पनि सजाउन नदिएको भन्दै गुनासो गरेका छन् । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij