
Apr 07 2025 | २०८१, चैत २५ गते
रौतहट । ललितपुरबाट चोरी भएको मोटरसाइकल रौतहट जिल्लामा फेला परेको छ । ललितपुरको टिकाथलीबाट चोरी भएको पल्सर मोटरसाइकल जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटको टोलीले फेला पारेको हो ।
कार्यालय प्रमुख प्रहरी निरीक्षक विमला कुमारी कठायतले मोटरसाइकल धनी आशिष लकान्द्रीलाई बुझाएकी हुन् । उनका अनुसार मोटरसाइकलमा चोर ट्राफिक प्रहरीलाई देखेपछि मोटरसाइकल सोही स्थानमा छाडेर फरार भएका थिए। चोरी भए लगत्तै मोटरसाइकल धनीले प्रहरी वृत्त सातदोबाटो ललितपुरमा निवेदन दिएका थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij