
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौं । नेपाल प्रहरीले ६७ औं स्थापना दिवस मनाएको छ । सो अवसरमा प्रहरी प्रधान कार्यालय नक्सालमा विशेष कार्यक्रम आयोजना गरिएको छ ।
नेपाल प्रहरी ऐन, २०१२ मा लालमोहर लगाइएको दिनको स्मरणमा हरेक वर्ष प्रहरी दिवस मनाउने गरिन्छ । उक्त कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाण, प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह लगायत सहभागी भएका थिए ।
सो कार्यक्रममा कर्तव्य पालनाको सिलसिलामा ज्यान गुमाएका प्रहरीका परिवारलाई सम्मान गरिनुका साथै आगन्तुकहरुले दिवंगत प्रहरीहरुको सम्मानमा निर्मित स्तम्भमा माल्यार्पण पनि गरेका थिए । प्रहरी दिवसको ब्यानर पनि नेपाल प्रहरीले ड्रोनमार्फत् उडाएको थियो । त्यस्तै कार्यक्रममा लाइफटाइम अचिभमेन्ट अवार्डबाट पूर्वएआईजी राजेन्द्रसिंह भण्डारीलाई सम्मान गरिएको थियो ।
प्रहरीका सबै संगठनलाई प्रविधिमैत्री बनाउँदै लैजान प्रधानमन्त्री शेरबहादुर देउवाले निर्देशन दिएका थिए । नेपाली नागरिकको सुरक्षालाई विशेष प्राथमिकतामा राखी खटिएको भन्दै प्रधानमन्त्री देउवाले प्रहरी प्रशासनलाई धन्यवाद समेत दिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij