
Apr 08 2025 | २०८१, चैत २६ गते
काठमाडौँ । काठमाडौंबाट प्रहरीले अवैध लागूऔषधसहित ४ जनालाई पक्राउ गरेको छ ।
प्रहरीले काठमाडौं महानगरपालिका–१७ धोबिचौरबाट लागूऔषध नुर्फिन ३५ एम्पुल, डाइजेपाम ३५ एम्पुल, फेनारगन ३५ एम्पुल र नगद २ हजार ५ सय रुपैयाँसहित चार जनालाई पक्राउ गरेको हो।
प्रहरीले दाङको घोराही उपमहानगरपालिका–१३ डुमरगाँउबाट ५ ग्राम ४ सय ३० मिलिग्राम खैरो हेरोइनसहित सोही उपमहानगरपालिका–१५ बस्ने २२ वर्षीय सरोज महरा क्षेत्रीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनको शरीर तलासी गर्ने क्रममा उक्त पदार्थ फेला परेको थियो ।
त्यस्तै कपिलवस्तुको कृष्णनगर नगरपालिका–१२ हरिगवा स्थित आँपको बगैँचाबाट १३ ग्राम ३ सय ४० मिलिग्राम ब्राउन सुगरसहित सोही नगरपालिका–१२ मानपुर बस्ने ३१ वर्षीय ओम प्रकाश पाललाई प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय चन्द्रौटाबाट खटिएको प्रहरीले उनको शरीर तलासी गर्ने क्रममा उक्त पदार्थ फेला पारी पक्राउ गरेको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij