
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौैं । दरबारमार्गस्थित क्लब प्लाटिनमा बाउन्सरका रूपमा कार्यरत निकेत राई र तेन्जुङ शेर्पालाई धारिलो हतियार प्रहार गरी फरार रहेका दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
दोलखाको शैलुङ गाउँपालिका–२ घर भई काठमाडौंको बौद्ध बस्दै आएका २९ वर्षीय विनोद तामाङ र सोही ठाउँ बस्दै आएका ३३ वर्षीय जीवन तामाङलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।
राई र शेर्पालाई मोटरसाइकलमा आएका सात/आठ अपरिचित व्यक्तिले खुकुरी प्रहार गरी घाइते बनाई फरार भएका थिए । प्रहरीका अनुसार उनीहरूलाई ज्यान मार्ने उद्योगसम्बन्धी कसुरमा आवश्यक कारबाहीका लागि प्रहरी वृत्त लैनचौर पठाइएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij