Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौँ । काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट ट्राफिक नियम उल्लङ्घन गर्ने ३ हजार ४०९ जना चालकहरूलाई ट्राफिक प्रहरीले कारवाही गरेको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार कारवाहीमा पर्नेमा मदिरा पिएर सवारी साधन चलाउने १५९ जना, फुटपाथमा पार्किङ गर्ने २४५ जना, हर्नको अनावश्यक प्रयोग गर्ने १२५ जना, जथाभाबी यात्रु चढाउने र ओराल्ने १२६ जना रहेका छन् ।
साथै तीव्र गतिमा सवारी साधन चलाउने ४४ जना, ढोका खुल्लै राखेर सवारी चलाउने ८५ जना, रातो बत्तीको उल्लङ्घन गर्ने ५० जना, सडक लेन उल्लङ्घन गर्ने ४२ जना, ठीक नभएका सवारी साधन चलाउने ६७ जना, एकतर्फी सडकमा सो विपरित चलाउने ५३ जना र क्षमता भन्दा बढी यात्रु राख्ने ३९ जना चालकलाई पनि कारवाही गरेको कार्यालयले जनाएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij