
Apr 17 2025 | २०८२, वैशाख ४ गते
ललितपुर । हात्तीवनदेखि ग्वार्कोसम्म बग्ने कर्मनासा नदी किनारमा बनेका अवैध संरचना भत्काउन प्रारम्भ भएको छ । महालक्ष्मी नगरपालिकाका मेयर हरिगोविन्द श्रेष्ठको आदेशपछि संरचना भत्काउन शुरु भएको हो । महालक्ष्मी नगरपालिकाले मापदण्ड मिचेका पसल र संस्थागत टहराहरु हटाइएको छ । मेयर श्रेष्ठले किष्ट अस्पतालले मापदण्ड मिचेर बनाएको जेनेरेटरको भवन भत्काउन निर्देशन दिईसकेको बताए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij