
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौँ । काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने झन्डै ३ हजार सवारी चालकलाई ट्राफिक प्रहरीले कारवाही गरेको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय अनुसार चेकजाँचका क्रममा ट्राफिक नियम विपरित सवारी चलाउने दुई हजार ८४० जनालाई कारबाही गरिएको छ ।
मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने १४२, लेन अनुशासन पालना नगर्ने ८६ जना, रेड लाइटमा सवारी साधन चलाउने ६६ जना, निषेधित क्षेत्रमा हर्न बजाउने १७५ र नम्वर प्लेट राम्रोसँग नराख्ने ३६ जना सवारी चालक कारवाहीमा परेका छन् ।
अन्य ट्राफिक नियम उलंघन गरेका दुई हजार ३३५ जना सवारी चालकलाई पनि कारबाही गरेको ट्राफिक कार्यलयले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij