
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौँ। प्रहरीले ट्राफिक नियम उल्लंघन गर्ने १८ जना विद्यार्थी चालकलाई कारबाही गरेको छ । आज (मंगलबार) स्कुल र कलेजका विद्यार्थी सुरक्षा लक्षित चेकजाँचका क्रममा कारबाही गरेको हो ।
काठमाडौं उपत्यकाका विभिन्न स्थानमा आज बिहान गरिएको चेकिङमा कागजपत्र साथमा नभएका १८ जना विद्यार्थी चालकहरु कारबाहीमा परेका हुन् ।
सो क्रममा ट्राफिक नियम उल्लंघन गर्ने अन्य १ सय ८२ ओटा सवारी साधनका चालक पनि कारबाहीमा परेका छन्। जसअन्तरगत बिहानै मापसे गरी मोटरसाईकल चलाउने ३ जना पनि कारबाहीमा परेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij