
Apr 17 2025 | २०८२, वैशाख ४ गते
काठमाडौँ । राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेलाई पक्राउ गर्न प्रहरीले अदालतसँग अनुमति मागेको छ । प्रहरी वृत गौशालाले बुधवार जिल्ला अदालत काठमाडौँमा पक्राउ अनुमतिका लागी पत्राचार गरेको हो ।
तर, अदालतबाट बुधवार पुर्जी जारी हुन सकेन् । अदालतको प्रक्रियाका कारण बुधवार पक्राउ अनुमती जारी नभएको जिल्ला प्रहरी परिसर काठमाडौले बताए । आरोपी पक्राउ गर्न न्यायाधीशले पक्राउ अनुमती दिनुपर्छ ।
क्रिकेटर लामिछानेविरुद्ध १७ वर्षीया नाबालिगलाई काठमाडौं महानगरपालिका–९ एयरपोर्ट स्थित ‘काठमाडौं इन’ होटलमा लगेर बलात्कार गरेको जाहेरी दर्ता भएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij