Logo

Apr 08 2025 | २०८१, चैत २६ गते

Apr 08 2025 | २०८१, चैत २६ गते

हटाइयो पाशुपत क्षेत्रका अनधिकृत संरचना

हटाइयो पाशुपत क्षेत्रका अनधिकृत संरचना

  • काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर ८ ले पशुपतिनाथ मन्दिर वरपरका अवैध संरचना  हटाउन थालेको छ । वडाध्यक्ष आशामान संगतको नेतृत्वमा नगर प्रहरीसहितको टोलीले अव्यवस्थित संरचना हटाएको हो ।

    images
    images
    images

    आफैँ खाली गर्न व्यापारीलाई आग्रह गरेपनि अटेर गरेपछि वडा कार्यालय आफैँले हटाएको वडाध्यक्ष संगतले बताए । अव्यवस्थित संरचना हटाउने महानगरको अभियानमा समर्थन जनाउँदै वडाले आफ्नो क्षेत्र भित्रभित्र खाली गराएको उनको भनाइ छ ।

    अव्यवस्थित संरचनाहरू भाडामा दिएर पशुपति क्षेत्र विकास कोषले भाडा उठाइरहेकाले वडामा समेत दर्ता नभएका पसल संरचनाहरू बन्द गरिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij