Logo

Apr 17 2025 | २०८२, वैशाख ४ गते

Apr 17 2025 | २०८२, वैशाख ४ गते

सन्दीप: कानुनी उपचारमा सहयोग गर्न क्यानसँग गुहार

सन्दीप: कानुनी उपचारमा सहयोग गर्न क्यानसँग गुहार

  • काठमाडौँ । नेपाली क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले जबरजस्ती करणीको आरोप लागेपछि  नेपाल क्रिकेट सङ्घ (क्यान)लाई गुहारेका छन् । लामिछानेले कानुनी उपचारका लागि सहयोग गर्न क्यानलाई आग्रह गरेका छन् ।

    images
    images
    images

    हाल क्यारेबियन प्रिमियर लिग खेल्ने वेस्ट इन्डिज (जमैका)मा रहेका सन्दीपले क्यानसँगको कुराकानीमा कानुनी लडाइँ लड्ने बताएका छन् । एक १७ वर्षीया बालिकाले जबरजस्ती करणी गरेको भन्दै सन्दीपविरुद्ध बलात्कारको उजुरी दर्ता गरेकी छन् । सन्दीपलाई आरोप लागेको खबर सार्वजनिक भएपछि क्यान अध्यक्ष चतुर बहादुर चन्द बुधबार बेलुका काठमाडौँ आइपुगेपछि क्यानका पदाधिकारीबिच छलफल भएको थियो ।

    प्रहरीले यस विषयमा छानबिन गरिरहेकोले क्यानले अहिले सन्दीपमाथि कुनै एक्सन लिने भन्दा पनि छानबिनमा सहयोग गर्ने क्यान सचिव प्रशान्त विक्रम मल्लले बताएका छन् । यस्तै सन्दीप सीपीएलको खेलेर मात्र फर्कने भएका छन् । बुधबार राति भएको जमैका तल्लावाजको खेलमा भने सन्दीपले खेल्न पाएनन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij