
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौँ ।छैटौँ संस्करणको महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता आजबाट काठमाडौँमा सुरु हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने प्रतियोगिताको उद्घाटन युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले गर्नेछन् ।
उद्घाटन खेलमा नेपालले आज भुटानको सामना गर्दैछ । खेल नेपाली समयअनुसार साँझ ५ बजे सुरु हुनेछ । साविक उपविजेता नेपाल आज भुटानलाई हराउँदै सुखद सुरुवात गर्ने योजनामा हुनेछ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij