
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडाैँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाको सर्लाही ४ बाट प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फ एकल नाम सिफारिस भएको छ । सर्लाही ४ प्रदेश (क) र (ख) क्षेत्रले आइतबार संघीय सांसदका लागि थापाको एकल नाम सिफारिस गरेको हो ।
सोही सिफारिसलाई सोमबार कांग्रेस सर्लाही ४ क्षेत्रीय कार्यसमितिले अनुमोदन गरेर प्रदेश कार्यसमितिलाई पठाएको कांग्रेस सर्लाहीको सभापति सुरेन्द्रकुमार सिंहले जानकारी दिए ।
यस्तै, सर्लाही ४ (क) प्रदेशमा प्रत्यक्षतर्फ वीरेन्द्रकुमार सिंहको नाम सर्वसम्मत सिफारिस भएको छ । सोही क्षेत्रको समानुपातिकमा युवा नेता रघु कार्कीको नाम पनि सिफारिस भएको सिंहले जानकारी दिए । (ख) मा प्रत्यक्षतर्फ अशोककुमार सिंहलगायत चार–पाँचजनाको नाम सिफारिस गरेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij