Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

ललितपुरमा कांग्रेसबाट १ सय ३१ जनाको नाम सिफारिस (नामसहित)

ललितपुरमा कांग्रेसबाट १ सय ३१ जनाको नाम सिफारिस (नामसहित)

  • ललितपुर । नेपाली काँग्रेस ललितपुरले प्रदेश सभा र प्रतिनिधि सभाको सासंदमा निर्वाचन लड्न १ सय ३१ जनाको सूचि पार्टीको प्रदेशलाई सिफारिस गरेर पठाएको छ । जिल्ला सभापति जितेन्द्र कुमार श्रेष्ठका अनुसार जिल्लाको ३ वटा क्षेत्र र ९ वटा प्रदेश क्षेत्रमा निर्वाचन लड्न चाहनेहरुको संख्या १ सय ३१ जनाको रहेको जानकारी दिए ।

    images
    images
    images

    नेपाली काँग्रेस जिल्ला सचिव वशिष्ठ अधिकारीका अनुसार संघीय संसदको ललितपुर १ बाट ३ जनाले उम्मेदवारी दावी गर्ने जनाएको छ ।  २ बाट २ जना र ३ बाट ४ जनाले आफूले सासंदको टिकट पाउनु पर्ने दावी प्रस्तुत गरेका छन् । जिल्ला कार्यसमितीले ती सबै नाम शनिबाँर साँझ प्रदेशलाई पठाएको छ ।

    जिल्ला सचिव अधिकारीका अनुसार ललितपुर १ बाट उदयशम्सेर राणा, कपिलबहादुर लामा र मथुरा घिमिरे प्रतिनिधि सभाको सासंद लड्ने चाहना गरेका छन् । क्षेत्र नं. २ बाट रामकृष्ण चित्रकार र चन्द्र महर्जनले इच्छा व्यक्त गरेका छन् ।
    क्षेत्र नं. ३ बाट जीतजंग बस्नेत, मदन बहादुर अमात्य, धना खतिवडा र विजया केसी श्रेष्ठले उम्मेदवारी दिने इच्छा व्यक्त गरेका छन् ।

    समानुपालिक तर्फ संघमा ओमकारप्रसाद श्रेष्ठ, प्रदेशमा जितेन्द्रकुमार श्रेष्ठ र उर्मिला केसी श्रेष्ठ र गिता सत्याल लगायतको नाम सिफरिस भएको छ । ललितपुर क्षेत्र नं. १ क प्रदेश सभा सदस्यमा ऋषिराम घिमिरे, वशिष्ठ अधिकारी र सानुकान्छा मोक्तान रहेका छन् । प्रदेश खतर्फ मिनकृष्ण महर्जन, विमल विष्ट, रविन्स शर्मा, विमल थापा र रामकृष्ण लामा रहेका छन् ।

    ललितपुर क्षेत्र नं. २ क मादिवाकर नेपाल, रिसा श्रेष्ठ,दिवाकर सिलवाल, पवनविक्रम थापा,बासुदेव महर्जन रहेका छन् । खतर्फ प्रमकृष्ण महर्जन, राजेश महर्जन, कर्म व्यञ्जनकार, सुवानन धाख्वा,अन्नतप्रकाश श्रेष्ठ, हेम महर्जन रहेका छन् ।
    क्षेत्र नं. ३ कमा सुर्दशन घिमिरे महेश्वर थापा, चक्र महर्जन, जितेन्द्र महर्जन, शशीकुमार थापा, बेली डंगोल,नारायणदेव राणा र गोकुल खड्का रहेका छन् । प्रदेश ३ खतर्फ निरु खड्का, प्रमोद शर्मा, महान अर्याल, रमेश रिसाल, राजीव पौडेल, शिवराम बानिया, सानुबाबु महर्जन र सुरेन्द्र डंगोल रहेका छन् ।

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij