Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

सवारीधनीहरुको मनमा छाएको खुशी

सवारीधनीहरुको मनमा छाएको खुशी

  • काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयद्वारा चोरी भएका २१ वटा सवारी साधन सम्बन्धित सवारी धनीलाई हस्तान्तरण गरिएको छ । ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले सवारी धनीलाई साधन हस्तान्तरण गरेका हुन् ।

    images
    images
    images

     कार्यालयमा आर्थिक वर्ष साउन र भदौको मध्यसम्म दुई पाङ्ग्रे सवारी साधन हराएको २२१ वटा निवेदन प्राप्त भएका थिए । प्राप्त निवेदनको आधारमा चोरी भएका सवारी साधन खोजी गर्दा साउन र भदौको मध्य सम्म १०१ सवारी साधन फेला परेका थिए । फेला परेका मध्ये साउनमा ७३ वटा र भदौको मध्यसम्म १० वटा सवारी धनीलाई जिम्मा लगाइसकिएको छ । आज २१ वटा सवारी साधन सम्बन्धित धनीलाई हस्तान्तरण गरेसँगै यसै आर्थिक वर्षको भदौ १६ गते सम्म १०४ वटा सवारी साधनलाई धनीको जिम्मा लगाइएको छ । यसै आर्थिक वर्षमा चोरीका ८ ओटा दुईपाङ्ग्रे सवारी साधन सहित ९ जना मानिसलाई भने आवश्यक कारवाहीका लागि परिसरमा पठाएको जनाइएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij