
Apr 07 2025 | २०८१, चैत २५ गते
काठमाडौँ । रुपन्देहीको बुटवल उपमहानगरपालिका-१३ बेलवासचोकमा हिजो साँझ भएको सवारी दुर्घटनामा बाबुछोराको मृत्यु भएको छ । सो दुर्घटनामा दुई जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गमा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको लु ४१ प ४१६८ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको लु ४८ प ३२४६ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए ।
ठोक्किँदा लु ४१ प ४१६८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पुन: पश्चिमबाट पूर्व आउँदै गरेको लु १ क ४४२४ नम्बरको ट्याङ्करमा ठोक्किएको थियो । साँझ ५ बजे भएको दुर्घटनामा गम्भीर घाइते भएका ४१६८ नम्बरको मोटरसाइकल चालक स्थानीय ४५ वर्षीय सोनु भट्टराई र मोटरसाइकलमा पछाडि सवार उनका ६ वर्षीय छोरा निशान भट्टराईको उपचारका क्रममा बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।
घाइते भएका ३२४६ नम्बरको मोटरसाइकलमा सवार दुई जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । ट्याङ्कर चालकलाई इलाका प्रहरी कार्यालय बुटवलले नियन्त्रणमा लिएको जनाइएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij